प्रधानमन्त्रीले निर्बाचनका लागि सिफारीस गरेपछि निर्बाचन आयोगले पनि आफ्नो कामलाई तिब्रता दिएको छ । आगामी निर्वाचनकालागि रामेछाप जिल्लामा थप ३ ठाउँमा निर्बाचन स्थल थप्नकालागि निर्बाचन आयोगको कार्यालयमा सिफारिस गरेको हो ।
प्रमुखजिल्लाअधिकारी एवं मतदान स्थलतथा केन्द्र सिफारिस समितिका संयोजक अर्जुन कुमार शर्माको अध्यक्षतामा बसेको वैठकले जिल्लाका विभिन्न ३ स्थानमा मतदान स्थल थप गर्नकालागि सिफारिस गरेको हो ।
भुगोल र जनसंख्याका आधारमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका, उमाकुन्ड गाउँपालिका र मन्थलीन गरपालिकामा मतदान स्थल थप गर्नका लागि सिफारिस गरिएको प्रमुखजिल्लाअधिकारी अर्जुन कुमार शर्माले जानकारी दिए।
थपिएका मतदान स्थलहरुमा उमाकुन्ड गाउँपालिकाको वडा नं १ क्यामा, खाँडादेवी गाउँपालिकाको वडा नं ३ आपचौर र मन्थली नगरपालिकाको वडा नं ३ अर्चले रहेको प्रमुखजिल्लाअधिकारी अर्जुन कुमार शर्माले जानकारी दिए ।
भुगोल र जनसंख्यालाई आधार मानेर मतदान स्थलहरु थप गर्नका लागि सिफारिस गरिएको जिल्लानिर्वाचनको कार्यालय रामेछापले जनाएको छ ।
यस अघि जिल्लाका विभिन्न स्थानमा ९० वटा मतदान स्थलहरु मात्र रहेको जिल्ला निर्वाचनअधिकारी शम्भु कटुवालले बताएए । अहिले थपिएका ३ र पुराना मतदान स्थलहरु समेत गरी अव रामेछाप जिल्लामा ९३ वटा मतदान स्थल भएका छन् ।
Leave a Reply