संसद विघटनविरुद्व जसपाले २९ गते प्रदर्शन गर्दै

 ग्लोवल टि.भी.      शुक्रबार, माघ १६, २०७७      0

जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको विरोधमा माघ २९ गतेसम्म पुत्ला दहन र मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो ।

बृहत जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले जानकारी दिए ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *