प्रतिनिधिसभा बिघटनबिरुद्ध प्रचण्ड–नेपाल समुहको माइतिघरमा धर्ना

 ग्लोवल टि.भी.      शुक्रबार, माघ १६, २०७७      0

प्रतिनिधिसभा बिघटनबिरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार तेश्रो दिन पनि माइतिघरमा धर्ना दिएको छ ।

प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद बिघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप सो पक्षले धर्ना दिएको हो । धर्ना कार्यक्रममा सो पक्षका संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु , नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको र संसद जिवित छ भन्ने सन्देश दिन एक साताका लागि नेकपाले धर्नाको आयोजना गरेको हो । प्रधानमन्त्रीको कदमबिरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *