ग्लोवल टि.भी.
शुक्रबार, माघ १६, २०७७
0
शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएको काठमाडौंको टेकुस्थित शालिक मुनी नागरिक समाजले विरोध प्रदर्शन गरेको छ। शुक्रबार शहिद दिवसको अवसर पारेर समाजले शास्त्रीलाई फाँसी दिएको खरीको रूख मुनी सुतेर प्रदर्शन गरेका छन्। शिल्पी थियटरका कलाकारहरूले संसद पुनर्स्थापनाको माग राखेर नाटक प्रदर्शन गरेका हुन्।
शहीद दिवसको अवसरमा आयोजित ‘प्रतिगमन विरुद्धको प्रतिरोध’ कार्यक्रममा लेखक नारायण ढकाल, रश्मिला प्रजापति लगायतका वक्ताहरूले असंवैधानिक र अलोतान्त्रिक भन्दै संसद विघटन खारेज हुनुपर्ने माग गरे ।
Post Views: 501
Leave a Reply