थप १ सय ५७ जनामा कोरोना पुष्टि -५ जनाको मृत्यु

 ग्लोबल टिभि           0

नेपालमा शुक्रबार थप १ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म २ हजार २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ३ सय ३३ जना कोरोनामुक्त हुदा नेपालमा हालसम्म २ लाख ६५ हजार ६ सय ९८ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३ हजार २२ जना आइशोलेशनमा छन् भने १ सय ११ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म २० लाख ६४ हजार ८१ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *