म यहि मुख लिएर चुनावमा आउँछु -शिक्षामन्त्री (भिडियो सहित)

 ग्लोबल टिभि           0

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकीर गर्दै अब मुलुक चुनावमय भैसकेको समेत बताए ।

उनले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दापनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउदै अधिकांस आयोजना यही सरकारले पुरा गरेको बताए ।

उनले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहो¥याए । उनले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्य आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गरे।

उहाँले करिब साढे २ वर्षको अवधीमा आफुले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *