ग्लोबल टिभि
0
संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा शनिबार दिउँसो १ बजे विरोधसभा गर्दै छ ।
सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमको विरुद्धमा नेकपाको प्रचण्ड–माधव समूहले देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।
Post Views: 1,173
Leave a Reply