प्रतिगमनविरुद्व नागरिक समाजको प्रदर्शन

 ग्लोबल टिभि           0

प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि नागरिक समाजले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको माइतिघरमा बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा संसद बिघटनको विरोधमा विरोध प्रदर्शन गरिएको हो ।

‘प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन भन्दै गरिएको विरोधमा डा गोविन्द केसी, चर्चित पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका व्यक्तिहरु सहभागी भएका थिए ।

सहभागीहरुले ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नाराअंकित प्लेकार्ड बोकेर सरकारको विरोध गरेका थिए । माइतिघरबाट सुरु विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो, सभामा डा गोविन्द केसीले प्रधानमन्त्री ओली तानाशाहको बाटोमा अघि बढेको आरोप लगाए ।

मुलुकमा हत्या हिंसा, भ्रष्टचार, अनियमिता बढ्दै गएपनि सरकार भने मौन रहेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नागरिकस्तरमा लगातार प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *