संसद होइन, केपी ओलीको सरकार विघटन भयो : प्रचण्ड

 ग्लोवल टि.भी.      शनिबार, माघ १७, २०७७      0

नेकपाका अध्यक्ष पुष्पकमल दाहलले संसद विघटन नभएको बताएका छन्। उनले केपी ओलीको सरकार चाहिँ विघटन भएको बताए।

उनी पक्षको नेकपाले धनगढीमा आयोजित सभामा बोल्दै दाहालले भने, ‘संसद होइन, केपी ओलीको सरकार विघटन भयो भन्ने मेरो भनाइ छ।’
सर्वोच्च अदालतले संविधान हेरेर निर्णय गर्छ भन्ने विश्वास उनको छ।

‘अदालतमा यो मुद्दा नभएको भए संसद बोलाउथ्यौं, ओलीलाई कारबाही गर्थ्यौं, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि यो कदमलाई अलोकतान्त्रिक भनेका छन्,’ उनले भने।

दाहालले विकल्पका रुपमा सभामुखले बैठक बालाउने, दुई तिहाइले प्रधामन्त्रीले राष्ट्रघात गरेको प्रमाणित गर्न सक्ने बताए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *