खुल्ला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव :बिमलेन्द्र निधि

 ग्लोबल टिभि      शनिबार, माघ १७, २०७७      0

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले खुल्ला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिएका छन् ।

नेपाल सहकारी बैंक लिमिटेको भेला उद्घाटन गर्दै उपसभापति निधिले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिएको हो ।

उनले सहकारीको पहुँच बिस्तारमा समस्या देखिएको भन्दै लक्षित बर्गसम्मको पहुँच बढाउनुपर्नेमा जोड दिए। निधिले खुल्ला र प्रतिष्पर्धात्कम अर्थनिति भनेपछि व्यवहारमा लागू हुन नसकेको बताए । त्यस्तै उनले नेपालको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सहकारी क्षेत्रको भूमिका अपरिहार्य रहेको जिकिर गरे।

उनले प्रजातन्त्रीक सिद्धान्तसंग सहकारी अभियान आवद्ध रहेको उल्लेख गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *