ग्लोबल टिभि
शनिबार, माघ १७, २०७७
0
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले संविधानअनुसार नै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।
शनिबार रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उनले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्नेगरि बलपूर्वक व्याख्या नहुने बरु सरल र सहज व्याख्या हुनेछ भन्ने आफ्नो विश्वास रहेको धारणा राखे।
उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला आगामी फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आउने पनि बताए।
अधिवक्ता भट्टराईले गत पुष १८ पछिको नेपालको शासन सञ्चालनलाई अनिर्वाचित सत्ताद्धारा भैरहेको शासनको संज्ञा दिएका छन् । वैशाख १७ र वैशाख २७ गतेको निर्वाचन गर्नको लागि घोषणा नगरिएको पनि उनले बताए।
नेकपाभित्रको विवादमा उनले निर्वाचन आयोगले विगतका नजिरलाई आत्मसात् गर्दै निर्णय गर्ने बताए।
Post Views: 1,378
Leave a Reply