तोकेकै समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तोकेकै मितिमै निर्वाचन हुने ठोकुवा गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चितवनको भरतपुरमा आयोजना गरेको वृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगमी वैशाख १७ गते पहिलो चरण र वैशाख २७ गते दोस्रो चरणको निर्वाचन हुने ठोकुवा गरेका हुन्।

जनताको माझमा जान डराउने व्यक्तिहरुले यो निर्वाचन हुँदैन भनेर भ्रम छर्ने काम गरेका ओलीले बताए। कतिपय व्यक्तिले सरकारले घोषणा गरेको चुनाव अलमल्याउनका लागि हो भनेर भनिरहेको भन्दै प्रधानमन्त्रीले ती व्यक्तिहरु अल्मलिँदै गर्ने तर चुनाव तोकिएकै मितिमा हुने दावी गरे।

प्रधानमन्त्री ओलीले यसअघि कुनै पनि कठिन परिस्थितिमा घुँडा नटेकेको भन्दै नेपालको स्वाभिमान बचाउन आफूले अगुवाई गर्ने बताए। उनले देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने भन्दै जनतालई धोका नदिनेसमेत बताए। त्यस्तै उनले केही वर्षभित्र जनताले अनुभूत गर्ने गरी विकास गर्न सरकार लागीपरेको जानकारी दिए।

प्रधानमन्त्री ओलीले जनसभालाई सम्बोधन गर्नुअघि नारायणगढको पुलचोकदेखि गोन्द्राङ सडक ६ लेनमा विस्तार गर्नका लागि शिलान्यास गरेका थिए । एक अर्ब १२ करोड ४५ लाख रुपैयाँको लागतमा विस्तार हुने सडक दुई वर्षभित्र निर्माण सम्पन्न हुने समेत बताबएका छन्। । त्यस्तै ओलीले शनिबारनै भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको सिटीहलको समेत शिलान्यास गरेका छन् । ८७ करोड ८८ लाख रुपैयाँमा २७ महिनाभित्र निर्माण सम्पन्न हुने सिटी हल दुई हजार जना क्षमताको रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *