प्रचण्ड–नेपाल समूहले पार्टीभित्र फुट ल्याउने दुस्साहस गरे :गृहमन्त्री

 ग्लोबल टिभि      आइतवार, माघ १८, २०७७      0

गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी छोडेर गएकाहरुलाई पार्टीभित्र आएर निर्वाचनमा भाग लिनका लागि आग्रह गरेका छन्।

चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै गृमहन्त्री थापाले जनताले चाहेको समृद्धि नेकपाले मात्रै ल्याउने भन्दै सबैलाई नेकपाको झण्डामुनि गोलबद्ध हुनका लागि आग्रह गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहले पार्टीभित्र फुट ल्याउने दुस्साहस गरेका भन्दै थापाले त्यस्तो गम्भीर गल्तीबाट पछि हट्न आग्रह गरे। गल्ती सबैबाट हुनसक्ने भन्दै गृहमन्त्री थापाले आफ्नो गल्ती स्वीकार गर्नु नै बुद्धिमान हुने बताए।

चितवनको भरतपुरमा आयोजित सो जनसभालाई नेकपा प्रदेश २ का अध्यक्ष एवं शहरी विकास मन्त्री प्रभु साहले नेपाल समृद्धिको यात्रामा अगाडि दौडिएको बताए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *