नुवाकोटमा नेकपाका दुई समूहबीच झडप,५ जना घाइते

 ग्लोवल टि.भी.      सोमवार, माघ १९, २०७७      0

नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।

नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उक्त समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा दुई समूहबीच झडप भएको हो ।

उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी कार्यक्रममा सहभागि हुन आउने थाहा पाएपछि दाहाल–नेपाल समूहका केही नेता कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *