ग्लोबल टिभि
0
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ ।
अधिवक्ता समिर हायूले मुद्दा दर्ता गर्नुभएको हो भने मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ । विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको बुझिएको छ । अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।
सर्वोच्चले यसअघि नै प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अदालतको अपहेलना मुद्दामा आफैं उपस्थित भएर जवाफ दिन आदेश दिइसकेको छ।
Post Views: 1,164
Leave a Reply