प्रतिगमनविरुद्व कांग्रेसको देशभर प्रदर्शन (भिडियो सहित)

 ग्लोवल टि.भी.      सोमवार, माघ १९, २०७७      0

संसद विघटन विरुद्व नेपाली कांगे्रसले आज देशभर प्रदर्शन गरेको छ। तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो ।

मध्याह्न १२ बजे जोेरपाटी बाट मोटरसाईकल जुलुस निकालेर शान्तिवाटीकामा विरोधसभामा परिणत हुने नेपाली कांग्रेस तरुन दल क्षेत्र नं ३ का सभापती सन्जय लामाले जानकारी गराएका हुन्।
दिउँसो १ बजे शान्तिवाटिकामा प्रदर्शन गरेका छन्।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । यसैगरी फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

पुस ५ मा प्रधानमन्त्री के पी ओलीले संसद् विघटन गरेपछि त्यो कदमलाई असंबैधानिक र अलोकतान्‍त्रिक ठहर गर्दै कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *