संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको विरोध

 ग्लोबल टिभि           0

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक निकायमा पदपूर्ति सम्बन्धी सिफारिसको पत्र सभामुख अग्नी सापकोटाले फिर्ता गराएको भन्दै आपत्ती बताएका छन्।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफू समेत सहभागी भई निर्णय भएको संवैधानिक परिषदका सिफारिसहरु विधिसम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको दावी गर्दै सभामुखले फिर्ता गरेकोप्रति आपत्ति र असहमति जनाएका हुन्।

अध्यक्ष तिमिल्सिनाले अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसद्को दुवै सदनको सम्पत्ति भएको भन्दै पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा संलग्न नरहेको स्पष्ट पारे।

सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित फिर्ता पठाइएको अरोप समेत लगाएका छन्।

संसदीय सुनुवाईका लागि आएका सिफारिस फिर्ता गर्ने व्यवस्था र नजिर समेत नरहेको बताएका छन्। उनले संविधान र संसदीय ऐनको मूल्य मान्यतालाई दलिय स्वार्थमा मुस्न नहुने तर्क गरे।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार परिषद्का कागजात सक्कलै फिर्ता पठाएका थिए । त्यसअघि संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा गरिएका विभिन्न ३८ नियुक्तिका लागि गरिएको सिफारिसको संसदीय सुनुवाईका लागि संसद सचिवालयलाई पत्राचार गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *