ग्लोबल टिभि
0
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपीशर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकल र्याली गर्दैछ। बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्याली गर्न लागेका हुन्।
माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने तयारी स्वरुप नेकपाका नेता महेश बस्नेतले नेतृत्वमा १० हजार मोटरसाइकल र्याली निकाल्ने दावी गरिएको छ।
मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्याली सातदोबाटो,लगनखेल,जावलाखेल,पुल्चोक,थापाथली,त्रिपुरेश्वर एनएसी,जमलचोक, दरबारमार्ग,नारायणहिटी,जयनेपाल हल,कमलपोखरी,रातो पुल,गौशाला,एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ।
Post Views: 1,314
Leave a Reply