संवैधानिक निकायमा नियुक्त पदाधिकारीले लिए शपथ (तस्बीर सहित)

 ग्लोबल टिभि      बुधबार, माघ २१, २०७७      0

संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले शपथ लिएका छ्न । राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।

संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका थिए । अन्य सदस्यलाई भने प्रमुखले शपथ खुवाएका थिए । शपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले विभिन्न निकायमा ३८ जनाको नाम सिफारिस गरेको थियो । परिषद्ले सिफारिस गरेपनि उनीहरुको संसदीय सुनुवाइ भने हुन सकेको थिएन । प्रधानमन्त्री ओली नेतृत्वको परिषद्ले सिफारिस गरेको निर्णय पुस ५ गते मात्रै बाहिरिएको थियो ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *