आईजीपी नियुक्तिले विधिको शासनको खिल्ली उड्यो : शेखर कोइराला

 ग्लोबल टिभि      आइतवार, बैशाख १८, २०७९      0

बैशाख १८-नेपाली कांग्रेसका नेता शेखर कोइारालाले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक नियुक्त गर्दा वरियता र विधि मिचिएको भन्दै सकारको आलोचना गरेका छन् ।

नेपाल प्रहरीको महानिरीक्षकमा तेस्रो वरियताका धीरजप्रताप सिंहलाई सरकारले बढुवा गरेपछि कोइरालाले त्यसको विरोध गरेका हुन् ।

‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *