नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ। संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं।’
संवैधानिक परिषद्को सिफारिशमा विभिन्न आयोगका पदाधिकारी र सदस्य पदमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन पुगेकाले उनीहरुको नियुक्ति गरिएको हो।
नेकपाले यसबारे आधिकारिक जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको हो। विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको आज सपथ ग्रहण गराएपछि प्रचण्ड पक्ष रुष्ट बनेको छ। मंगलबार यो समूहले निर्वाचन आयोगमा नेकपाको आधिकारिकताका लागि दाबी पेश गरेको थियो। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असंवैधानिक कदम भन्दै यो समूह सडक संघर्षमा छ।
Leave a Reply