तोकिएकै समयमा निर्वाचन गर्न नसके ओली नेतृत्वको सरकार असक्षम हुन्छ :डा.यादव

 ग्लोवल टि.भी.      बुधबार, माघ २१, २०७७      0

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको र अहिले उक्त मुद्दामा बहस जारी रहेकोले अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्ने उनले बताए । रिपोटर्स क्लबले बुधबार काठमाडौं गरेको साक्षात्कारमा उनले अदालतले निर्वाचनको पक्षमा फैसला गरेको खण्डमा सरकारले समयमै निर्वाचन गराउनुपर्ने पनि विश्वास व्यक्त गरे ।

यादवले मुलुकमा राष्ट्रपति शासन लागु हुने कुनै सम्भावना नभएको पनि जिकिर गरे । उनले संकटकाल भनेको अन्तिम अवस्थामा लागु हुने कुरा भएको सुनाउँदै यदि मुलुक संकटकालको अवस्थामा गए संविधान र डेमोक्रेसी नै नटिक्ने दाबी गरे।

यादवले निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनेगरि सबै प्रक्रिया पूरा गरेको र सम्पूर्ण रुपमा सक्षम छौं भनेकोले तोकिएकै मितिमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको सुनाए । सल्लाहकार यादवले राष्ट्रपति भण्डारीले संविधानअनुसार नै आफ्नो अधिकारको उपयोग गरेको र संविधानभन्दा बाहिर गएर केही पनि काम नगरेको बताए।

उनले अहिले प्रतिनिधिसभा विघटनको विषय जल्दोबल्दो विषयको रुपमा रहेको सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदले सिफारिश गरेकोले राष्ट्रपतिले प्रतिनिधिसभा विघटनलाई अनुमोदन गरेको बताए ।संसद पूनःस्थापना र निर्वाचन दुवैको पक्षमा दुवै पक्षले सडकमा जनता उतारेकोमा उहाले आपत्ती जनाए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *