भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २०, २०७९      0

वैशाख २०–अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् ।

“प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” केसीले भने, “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।”

उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन् ।

कलाकार रवीन्द्र खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.