देउवा, दाहाल, नेपालदेखि शेखर र गगनसमेत भरतपुरको गठबन्धन सभामा जाने

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २०, २०७९      0

वैशाख २०– पाँच दलीय गठबन्धनका शीर्ष नेताको उपस्थितिमा चितवनको भरतपुर महानगरमा विशेष चुनावी सभा गर्ने भएको छ।

वैशाख २२ गते विहान ११ बजे केन्द्रीय बस टर्मिनलमा हुने चुनावी सभालाई सम्बोधन गर्न पाँचै दलका शीर्ष नेता चितवन जाने तय भएको नेपाली कांग्रेस चितवनले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका नेताहरुले चितवनको चुनावी सभालाई सम्बोधन गर्न लागेका छन्।

यस्तै कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य डा.शेखर कोइराला समेत भरतपुरमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।

तर डा। कोइरालाको सचिवालयले भने भरतपुरको चुनावी सभाबारे कुनै खबर नआएको जनाएको छ।

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रेनु दाहाल छिन्। तर कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *