गजुरी बजार दुर्गन्धित, जवाफ माग्दा पालिका अध्यक्ष पन्छिए

 ग्लोबल टिभि      बुधबार, माघ २१, २०७७      0
विकास रौनियार, संवेग बस्नेत, धादिङ । पृथ्वीराजमार्ग अन्र्तगत पर्छ धादिङको गजुरी गाउँपालिका अन्तर्गत पर्ने गजुरी बजार । यो बजार भएर दैनिक हजारौं यात्रु र चालकहरुले यात्रा गर्छन् । देशकै महत्वपूर्ण स्थलको रुपमा परिचित गजुरी बजार यतिबेला र्दुगन्धित बन्दै गएको छ । कोही यात्रुले गजुरी बजार कस्तो रहेछ भनेर झ्यालबाट चिहायो भने सुरुमै देखिने भनेको फोहोर मात्रै हो । किनकी नालीमै महिनौं देखि फोहोर जमेर डम्पिङ साइट जस्तै बनेको छ । नालीमा मात्रै नभएर बजार क्षेत्रमा अधिकांश स्थलमा फोहोर नै फोहोर थुप्रिएर बसेको छ ।
यो बजार आफैंमा सुन्दर बजार हो । त्रिशुली नदीको किनार र राजमार्गको छेउको यो बजारमा बाक्लो बस्ती छ । बाक्लो बस्ती भएका कारण यहां दैनिक ठूलो परिमाणमा घरायसी फोहोर जम्मा हुनै नै भयो । तर विडम्बना यसरी निस्कने फोहोरको व्यवस्थापन गर्ने निकाय गाउँपालिका भने मुकदर्शक भएर बसेको छ ।
गजुरी गाउँपालिकामा फोहोरको समस्या बढेको भन्ने जनगुनासो आएपछि ग्लोबल टेलिभिजनले गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत सम्पर्कमै आउन चाहेनन् ।  गजुरी क्षेत्रमा फोहोरको थुप्रो लागेको बिषयमा गाउँपालिका अध्यक्ष समक्ष कुराकानीका लागि हामीले समय माग्यौं । कार्यालयमै भेटिएका बस्नेतले हामीलाई पैचालिस मिनेटपछि भेटने बताएर कार्यालयबाट निस्किएका उनी दिनभर बाहिरै रहे । भोली पल्ट पनि हामीले उनलाई सम्पर्क गर्ने प्रयास गर्यौं , पटक पटक टेलिफोन गरी समय लिने प्रयास गर्यौं तर हाम्रो प्रयास सफल हुन सकेन् ।
बस्नेतलाई भेटन हामी पुन कार्यालयमै गयौं तर कार्यालयमा उनी भेटिएनन् । अध्यक्ष बस्नेतसंग कुराकानी हुन नसकेपछि हामीले गाउँपालिका उपाध्यक्ष सिता ढुंगाना संग कुराकानी गर्ने प्रयास गर्यौं । टेलिफोन सम्पर्कमा आएकी ढुंगानाले आफू काम बिशेषले राजधानीमा रहेको जानकारी दिइन ।
अध्यक्ष र उपाध्यक्ष संग फोहोर व्यवस्थापनको समस्याको बिषयमा जानकारी लिने हाम्रो प्रयास सफल नभएपछि हामीले यो समस्या गाउँपालिकाका कार्यकारी अधिकृत राजन घिमिरे समक्ष राख्यौं । घिमिरेले यस अघि गजुरी क्षेत्रको फोहोर स्थानीय व्यक्तिको जग्गामा व्यवस्थापन गरिदै आइएको र पछिल्लो समय व्यक्तिले फोहोर फाल्न नदिएका कारण समस्या आएको दाबी गरे । साथै यहांको फोहोरलाई दिर्घकालीन व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए । कार्यकारी अधिकृतले काम हुँदै गरेको जानकारी दिएर आश्वस्त त पार्ने प्रयास गरे तर दैनिक व्यवस्थापन गर्नुपर्ने फोहोर घर घरमै थुप्रिएका कारण स्थानीय विरामी पर्ने जोखिम भने बढेको छ ।
फोहोरका कारण एकातिर जनस्वास्थ्यमा गंभीर समस्या देखिन थालेको र अर्को तर्फ गजुरी बजार कुरुप बन्दै गएकोमा स्थानीय दुखी छन् । फोहोर व्यवस्थापनका विषयमा गाउँपालिका र जनप्रतिनिधि समक्ष पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको स्थानीयको आरोप छ । गाउँपालिकाले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी आफ्नो भएपनि नाली व्यवस्थापनको जिम्मेवारी भने सडक विभागको भएको भन्दै पन्छिदैं आएको स्थानीयले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बस्नेतले सार्वजनिक मञ्चहरुमा आफु निर्वाचित भएपछि थुप्रै सुधारका काम गरेको दाबी गर्ने गरेको तर नाकै मुनिको फोहोर भने नदेखेको भन्दै स्थानीयले व्यंग्य गरेका छन् । हुनपनि गाउँपालिका कार्यालय अघि नै फोहोरको थुप्रो लागेको देख्न सकिन्छ । गजुरी बजार भएर देशका ७७ जिल्लाका बासिन्दा राजधानी ओहोर दोहोर गर्छन् तर बजारको फोहोरले गर्दा धादिङ जिल्लाकै बदनाम भएको स्थानीयको गुनासो छ । यसैबीच फोहोरका बिषयमा सञ्चारकर्मीले चासो देखाएपछि नाली सफा गर्न सुरु गरिएको छ । सडक विभागकै कर्मचारी र मेसिन लगाएर नाली सफाइको काम सुरु भएको छ । नालीमा थुप्रिएको फोहोर र माटाको परिणाम धेरै भएकाले सफाइ गर्न समय लाग्ने जानकारी दिइएको छ ।
गाउँपालिकाले नागरिकबाट अनेकौं नाममा कर असुल्दै आएको छ , सायद गाउँपालिकाले फोहोर व्यवस्थापन र सरसफाई शिर्षकमा पनि कर असुल्छ होला ? तर कर असुल्न कति पनि अफ्टेरो नमान्ने गाउँपालिको फोहोर व्यवस्थापनको जिम्मेवारीबाट पञ्छिदैं आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *