आम हड्ताल सफल बनाउन प्रचण्ड पनि सडकमा

 ग्लोबल टिभि      बिहिबार, माघ २२, २०७७      0

आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् ।

प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *