ग्लोबल टिभि
बिहिबार, माघ २२, २०७७
0
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन्। आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न बिहीबार ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए।
उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्च ¥याली भएको बताए।
संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताए।
प्रचण्ड सहभागी जुलुसमा कार्यकर्ताहरूले ’आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौं’लगायत नारा लगाएका थिए।
Post Views: 1,386
Leave a Reply