आमहड्ताल : बन्द गराउँदै हिड्ने ९३ जना बन्दकर्ता पक्राउ

 ग्लोबल टिभि      बिहिबार, माघ २२, २०७७      0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म ९३ जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन् ।त्यस्तै, देशका विभिन्न स्थानमा सवारीसाधनमाथि अगजनी तथा तोडफोडका घटनाहरु भएका छन् । काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको  जानकारी दिए ।गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले बताए । बन्द गराउने समूहले सुमोको सिसा फुटाएका छन् ।

त्यस्तै, चाबहिलको मित्रपत्रमा बा ५ ख २०३९ नम्बरको मिनिबसमा तोडफोड गरिएको छ भने कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै बा १ ज ६९३० नम्बरको ट्याक्सीको पछाडि सिसा फुटाइएको छ । नैकापमा बा ७ च ६५३९ नम्बरको कारमा ढुंगा प्रहार भएको छ । यता, चितवन बा ३ ख ३९३, ना १ ख १४३५ र ना ८ ख ४४८० ट्रकको सिसा फुटाइएको छ ।

इलाममा पनि ट्रकमाथि तोडफोड गरिएको छ भने हेटौँडामा बा ७ ख ९२८० नम्बरको ट्रकको सिसा फुटाइएको छ ।

यता, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । बसका रहेका यात्रु भने सकुसल रहेको उनको भनाइ छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *