जनकपुरमा प्रचण्ड– नेपाल समूहका कार्यकर्ता र प्रहरी बीच झडप , पचास राउन्ड गोली चल्यो : रिजाल

 ग्लोबल टिभि      बिहिबार, माघ २२, २०७७      0

काठमाडौं । आमहडतालका बीच जनकपुरमा गोली चलेको छ । झडपमा प्रचण्ड- माधव समूहका नेता रामचन्द्र झा गंभीर घाइते भएका छन् । समूहका नेता विष्णु रिजालले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता झालाई प्रहरीले गंभीर घाइते बनाएको जानकारी दिएका छन् ।

साथै जुलुशको पछाडिबाट प्रहरीले पचास राउण्ड गोली चलाएको पनि रिजालले आरोप लगाएका छन् । दोहोरो झडप भएपछि प्रहरीले हवाइफायर गरेको र नेता झा सहित केही नेता कार्यकर्ता घाइते भएको प्रारम्भिक खबर आएपनि विस्तृत विवरण आउन बांकी छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *