सिन्धुलीमा नेकपाका दुई पक्षबीच झडप

 ग्लोवल टि.भी.      बिहिबार, माघ २२, २०७७      0

सिन्धली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप भएको छ । प्रचण्ड-नेपला समूहले बिहीबार आह्वान गरेको बन्दमा सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा दुई समूहबीच झडप भएको हो ।प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्य शान्तिमान कार्कीलगायतले बन्दको उल्लंघन गरेको भन्दै प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको हो ।

ओली समूहका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजारदेखि ढुङ्गेबास जाँदै गर्दा प्रचण्ड(नेपाल समूहका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज कमलजंग राईलगायतका नेता कार्यकर्ताबीच शान्निगरमा झडप भएको हो । तर, नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष राजन दाहालले झडप नभएको बरु बन्दको अबज्ञा गर्नेहरुलाई संझाई बुझाई गरिएको बताए । उता झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न ओली समूहले माग गरेको छ ।

बन्दका कारण सिन्धुली बजार, विपी राजमार्ग, मदन भण्डारी लोकमार्ग, मध्यपहाडी लोकमार्ग पूर्णरुपमा ठप्प छन् । केहीमात्रमा विद्यालय संचालन भएपनि अधिकांश विद्यालय बन्द गरिएको छ । बन्द सफल बनाउन भन्दै प्रचण्ड-नेपाल समूहका गणेश पहाडि, राजन दाहाल, कमलजंग राईलगायत सयौं नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । थप संभावित झडपलाई मध्यनजर गर्दै सिन्धुली सदरमुकामलगायत राजमार्गमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता श्यामकुमार खत्रीले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *