दुर्गम क्षेत्रका मतदान केन्द्रमा मतदान सामग्री पठाइयो

 ग्लोबल टिभि           0

वैशख २५-ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रमा मतदान सामग्री पठाउन थालिएको छ।

दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।

सो क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपीन दुलालले जानकारी दिए। दुर्गम क्षेत्र याङ्मा, ग्याब्ला, कालिखोला, सादेवा, आङ्खोप, पेदाङलगायत स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमार्फत मतपत्रसहितका सामग्री पठाएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै याम्फुदिन,घुन्सा,ओलाङ्चुङगोलालगायत स्थानका लागि भने आइतबार मतदान सामग्री पठाउने तयारी भइरहेको सूचना अधिकारी दुलालले बताए।

टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानलाई प्राथमिकतामा राखेर मतदान सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदानस्थल र १२२ मतदान केन्द्र रहेका छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *