बिमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले लिए गोपनीयताको शपथ

 ग्लोबल टिभि      बिहिबार, माघ २२, २०७७      0

बिमा समितिका नवनियुक्त अध्यक्ष सूूर्यप्रसाद सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् । यही माघ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई समितिको अध्यक्ष नियुक्त गरेको थियो । गएको पुस २३ गते तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईंले चार वर्ष कार्यकाल पूरा गरेर बाहिरिएसँगै रिक्त रहेको समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरिएको हो ।

शपथ कार्यक्रममा अर्थमन्त्री बिष्णु पौडेलले बीमा क्षेत्रमा सुशासनको समस्या रहेकाले यस क्षेत्रलाई सुधार गर्नुपर्ने बताए। उनले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन रआफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *