आमहड्ताल गरेर जनतामाथि ज्यादति भयो : प्रधानमन्त्री

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा नै निर्वाचन हुने र निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन्।

बिहीवार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी नफुटेको र केहि मान्छे पार्टी छाडेर हिडेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दावी दाबी गरेका हुन्।

उनले अहिले प्रतिगमन नभइ जागरण पैदा भएको धारणा राखेका छन्। ओलीले कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गरिएको आरोप समेत लगाए। त्यस्तै प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई बदनाम गराइएको उल्लेख गर्दै सुधार्ने प्रयास गरेपनि सफल नभएको तर्क गरेका छन्।
त्यस्तै प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालले गाडी लिएर जनताले कति दुःख पाए भनेर हेर्न हिँडेको पनि बताए।

त्यस्तै प्रधानमन्त्री ओलीले कानुनको पालना गर्न प्रचण्ड–नेपाल पक्षलाई आग्रह गरेका छन्। ओलीले प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा जनतामाथि ज्यादति भएकोप्रति आपत्ति जनाएका छन् । उनले नेकपा प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गर्दै कुरा नबुझेर सडकमा हल्लिरहेको टिप्पणी पनि गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *