देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २७, २०७९      0

वैशाख २७-प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किने उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा पुगेका थिए ।

देउवाले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवाले आज अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेका नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले बताए ।

उनका अनुसार अमरगढीको बागबजारस्थित बसपार्कमा बिहान १० बजे र परशुरामको जोगबुढास्थित लालढुंगामा दिउँसो २ बजे चुनावी सभा हुनेछ । डडेल्धुरामा काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले एमालेसँग तालमेल गरेको छ भने काँग्रेस एक्लै निर्वाचनमा उत्रिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व देउवाले गरिरहेका बेला उनको गृहजिल्लामा चुनावी तालमेल भएन । उक्त परिस्थितिलाई मध्येनजर गरी देउवा स्थानीय तह निर्वाचनको अन्तिम घडीमा गृहजिल्ला केन्द्रित भएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *