ओली समूहको राजधानीमा मार्चपास

 ग्लोबल टिभि      बिहिबार, माघ २२, २०७७      0

नेकपाको दाहाल-नेपाल समूहले आमहड्ताल गरेकै दिन ओली समूहले राजधानीमा मार्चपास गरेको गरेको छ ।

महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले बाल्मिकी कलेजबाट मार्चपास गरेको हो ।

राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन् ।

मार्चपास प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुगेको छ ।

मार्चपासमा युवाले ‘केपी बाः आइ लभ यु’, ‘केपी ओली रेलमा भ्रष्टाचारी जेलमा’ तथा ‘आज हैन भोलिलाई १० वर्ष ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

ओली समूहले शुक्रबार राजधानीमा जनसभा गर्दैछ ।

उक्त जनसभा नारायणहिटी संग्रहालय अगाडि हुँदैछ ।

ओली समूहले एक लाख बढी मानिसको सहभागीतामा जनसभा गर्न लागेको जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *