ओली समुहको आमसभा पहिले नै नागरिक समाजको मार्च पास

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २३, २०७७      0

नागरिक समाजले आज बिहानै शीतल निवास नजिक मार्च पास गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो ।

नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् ।

उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *