सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले अहिले केहि बेरमै नारायणहिटी राजदरवारको मुलगेटमा आमसभा गर्दैछ । गणतन्त्र स्थापनाको वाह्र वर्षपछि सत्तारुढ दलले नै दरवारको ढोकैमा आमसभा गर्न लागेको यो पहिलो पटक हो ।
संसद विघटन पछि दक्षिणपन्थी वाटोमा गएको आरोप खेप्दै आएका प्रधानमन्त्री केपी ओलीको यो निर्णयलाई धेरैले चासो र संशयका साथ हेरेका छन् । कतिपयले प्रधानमन्त्री ओलीले हिन्दु धर्मको पक्षमा आजको आमसभावाट कुनै घोषणा गर्न सक्ने आंकलन गरेका छन् । तर प्रधानमन्त्रीको पार्टीले भने यस विषयमा केही खुलाएको छैन ।
सभा आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपा ओली समूहले बताएको छ । सभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने छन् ।
जिल्ला जिल्लाववाट ल्याईएका मानिसहरुले राजधानीका विभिन्न स्थानवाट जुलुस सहित दरवारमार्ग पुग्ने तयारी गरि रहेका छन् ।
१२ बजेबाट सुरु हुने जनसभालाई प्रधानमन्त्री एवम पार्टी अध्यक्ष ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
राजाको सवारी हुँदा समेत डिभाईडर हटाएर सडक पखालेको, फोटो कटिङ् गरेर पोलमा झुण्ड्याएको र स्क्रिन सेट गरेको देखिएन।
Leave a Reply