सभामुख आफै रिट निवेदन लिएर अदालत पुगे

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २३, २०७७      0

सरकारले संबैधानिक निकायहरूमा गरेको असंबैधानिक नियुक्ति विरूद्ध रिट निवेदन लिएर सभामुख अग्नी सपकोटा आफै सर्वोच्च अदालत पुगेका छन्।
सापकोटा शुक्रबार बिहान अदालत पुगेका हुन्।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।

१९ पृष्ठ लामो निवेदनमा निवेदकले नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न माग गरेका छन् । रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार राष्ट्रिय सभाका अध्यष गणेश तिमिल्सिना लगायत ३९ जनलाई विपक्षी बनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *