ग्लोवल टि.भी.
शुक्रबार, बैशाख ३०, २०७९
0

काठमाडौँ । ललितपुर महानगरपालिकामा मतगणना गरिने भएको छ ।
शनिबार बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना शुरु गरिने भएको छ। ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले बैठकलगतै मतगणना सुरू गर्ने बताएका छन् ।
ललितपुर महानगरमा पुरुष ४२ हजार ७ सय ६२ र महिला ४३ हजार ७ सय ७८ गरी ८६ हजार ५ सय ४० मत खसेको छ । महानगरमा कूल मतदाता १ लाख २२ हजार ८ सय ९० छन् ।
ललितपुरका ६ वटै पालिकमा एक लाख ७९ हजार ७ सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ललितपुरमा कूल मतदाता २ लाख ४३ हजार ८ सय ८४ जना छन् ।
ललितपुर मेयरमा पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य छन् । एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य छन् ।

Leave a Reply