गठबन्धनले नक्कली मतपत्र छापी वितरण गर्योः ओली

 ग्लोवल टि.भी.      शुक्रबार, बैशाख ३०, २०७९      0

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र छापी वितरण गरेकोलगायत आरोप लगाएका छन् ।

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र छापी वितरण गरेको आरोप लगाएका छन् ।

उनले गठबन्धनले एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको आरोप लगाउँदै आपत्ति जाएका हुन् ।

स्थानीय तहको निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै ‌ओलीले सत्ता गठबन्धनको निर्वाचन नै नगराउने षड्यन्त्रलाई चिर्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् ।

प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गरेको ओलीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनले मतदानमा भाग लिएका आम मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.