पाँचथर जिल्लाको केन्द्र फिदिम–१ मा एमाले–राप्रपाको विजय

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १, २०७९      0

जेठ १-पाँचथर जिल्लाको केन्द्र फिदिम नगरपालिका वडा नं. १ मा नेकपा (एमाले)ले जसपा, राप्रपा, राप्रपा नेपाल लगायत दलसँगको सहकार्यमा शानदार विजय हाँसिल गरेको छ ।

फिदिम–१ को वडाध्यक्षमा एमालेका गजाधर भट्टराई ४३३ मतान्तरले विजयी हुनुभएको हो । भट्टराईले १३१३ मत प्राप्त गर्दा काँग्रेस नेतृत्वको गठबन्धनका सन्तोष मोक्तानले ८८० मत प्राप्त गर्नुभयो ।

फिदिम–१ को वडा सदस्यहरुमा मुना नेम्वाङ, भगवती कामी, चैतन्य बुढाथोकी र दीपेन्द्र थापा मगर विजयी हुनुभएको छ ।

फिदिम–१ बाट नगर प्रमुख पदमा एमालेको तालमेलका पृथ्वी लावतीले १३१६ मत प्राप्त गर्दा काँग्रेसको गठबन्धनका मित्रप्रसाद काफ्लेले ९७३ मत प्राप्त गर्नुभयो । यस्तै नगर उपप्रमुखमा एमाले–राप्रपाका गठबन्धनका जगत थापा मगरले १२२६ मत प्राप्त गर्दा गठबन्धनका राधाकृष्ण न्यौपानेले ६५९ मत प्राप्त गर्नुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *