एमालेको कार्यकर्ता लिन हिँडेको हायस दुर्घटना

३ जनाको मृत्यु

 ग्लोबल टिभि           0

जेठ २– दार्चुलामा सोमबार सवारी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार से १ ज २७७ नम्बरको हायस शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा चालक प्रकाशसिंह धामी र सहचालक नविनसिंह धामी छन्। अर्का मृतकको पहिचान खुल्न सकेको छैन।

नेकपा एमालेको विजय जुलुसका लागि कार्यकर्ता लिन उल्लेनीबाट गोकुलेश्वर जाने क्रममा सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

हायसमा तीन जना मात्रै सवार थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *