फेरी देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओली जीले : प्रचण्ड

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २३, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताएका छन्।

काठमाण्डौमा शुक्रबार बिहान पत्रकासंगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देश भित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरेको बताएका हुन् । यद्यपी गल्ती कमजोरीलाई सच्याउदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको उहाँले स्पष्ट पारे ।

विस्तारै कार्यकर्ताहरुले सही गलत छुट्याउन थालेकाले निरास हुने अवस्था नरहेको पनि स्पष्ट पारे। उनले भने “मुलुकमा ठूलो खतरा पैदा भएको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देशभित्र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरे । केपी जीले आत्मसमर्पण गरेकै हो । ”

उनले लोकतन्त्रको रक्षा हुन्छ कि हुदैन भन्ने प्रश्न नै मुल प्रश्न भएको भन्दै संविधान कुल्चिएर असंवैधानिक बाटो हिड्ने सरकारको कदम नसच्चीए तेस्रो जनआन्दोलन हुन सक्ने संकेत गरे।

उनले भने “सरकारले संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संबैधानिक संकटमा धकेल्ने काम गरेको छ । प्रकारान्तले यो फेरी देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो केपी ओली जीले ? यो संविधानलाई कुल्चिने भनेको शान्तिलाई पनि कुल्चिने भन्या हो । शान्ति र आन्दोलनको पर्यायको रुपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भंग गर्ने कुरा पनि हो ।

लोकतन्त्रको हत्या गर्ने भनेको अराजकताको सुरुवात गर्ने भनेको पनि हो । यदि राज्य र नेतृत्वले दुर्घटनातिर देश लग्यो भने त फेरि कहीँ न कहीँबाट कोही न कोहीले अराजकताबाट फाइदा उठाउँछ । अतिवाद आउन सक्छ । विषय यसअर्थमा गम्भीर देख्छु । केपीले निर्णय गरे प्रचण्ड माधवले विरोध गरे । सामन्य छ भन्या जस्तो होइन । शान्ति र संविधानसंग जोडिएको विषय भएकाले तेश्रो जनआन्दोलन हुन्छ हुदैन भन्दा नि यो इसुलाई सच्याईन्छ कि सच्याईदैन भन्ने हो ।”

उनले पार्टी विधान विपरित प्रधानमन्त्री ओलीले एकपक्षीय ढंगले आफु एक नम्बरको अध्यक्ष भन्दै हिडेको बताए । महाधिवेशन सम्म दुई अध्यक्ष राख्नै पर्ने व्यवस्था रहेपनि १ र २ नम्बरको अध्यक्ष भन्ने व्यवस्था नभएको र बराबरी हैसियत भएको उनले स्पष्ट परे ।

उनले भने “यो विचित्रको कुरा गरेका छन् केपी जीले । निर्वाचन आयोगमा पनि मै हो एक नम्बरको भनेका छन् । एक दुई भन्ने कहीँ पनि छैन । पहिलाको सहमति पनि दुईवटा बराबरी भन्ने हो । विधानमा पनि दुईवटा बराबरी भन्ने नै हो हैसियत, अधिकार । जबरजस्ती उनले आफूलाई एक नम्बर बनाएका छन् । म पनि त्यस्तै छु । सोझो भन्ने कि ? लाटो भन्ने कि ? भावुक भन्ने कि ? उदार भन्ने की ? तपाई भन्दा तीनवटा भोटा मैले बढी फटाएको छु । मलाई १ मा राखिदिनुन त, के भो त ? भने पछि मैले मान्दिएँ । निर्वाचन आयोगमा १ नम्बर भन्नुहुन्छ भन्ने भएको भए । ज्यान जाला मान्दिैनथेँ ।”

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *