प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन्।
सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले श्रृङ्खालाबद्ध रुपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र सम्वद्र्धनको लागि आफु संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताएका हुन्।
सभामुख सापकोटाले संसदीय सुनुवाइ बिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लंघन भएको बताए।
असंवैधानिक रुपमा संसद विघटन गरिएका कारण संसदीय सुनुवाई समितिमा सुनुवाई हुन नसक्ने स्थिति भएकालेसबै सक्कल कागज संवैधानिक परिषद्मा फिर्ता पठाइएको स्मरण गराउँदै उनले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरित नियुक्ति गरिनु संविधान विपरित भएको बताए । संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उनको भनाई छ।
Leave a Reply