संसद विघटन विरुद्ध नेपाली काग्रेसको आज देशैभर विरोध प्रर्दशन

 ग्लोवल टि.भी.      शनिबार, माघ २४, २०७७      0

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको विरोध कार्यक्रम थालेको छ ।

तेस्रो चरणको कार्यक्रमअन्तर्गत कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ । आज कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले ७७ वटै जिल्लामा विरोध र्‍याली र सभा गर्दैछन् ।

प्रधानमन्त्री के।पी। शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेस आन्दोलित भएको छ ।

कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।

‘अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं, संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं,’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।’

सरकारले दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गरेर सर्वसत्तावाद उन्मुख प्रवृत्ति देखाएकाले त्यसकाविरूद्ध संघर्ष जारी रहने पनि उनले बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *