विराटनगरमा गठबन्धनको आधा मत भन्दा कम मत पाए उपेन्द्र यादवका छोराले

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ६, २०७९      0

जेठ ६– विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार भारी मतान्तरले पछि परेका छन्।

मेयर पदमा सत्ता गठबन्धनकै नागेश कोइरालाले फराकिलो अग्रता लिइरहँदा उपमेयरमा भने मेयरको आधा मत पनि झरेको छैन।

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव मैदानमा छन्।

तर कोइरालाले पाएको भन्दा यादवले पाएको मत आधाभन्दा कम छ।

नागेश कोइरालाले २४ हजार ५६३ पाउँदा अमरेन्द्र यादवले १२ हजार १०४ मत मात्रै पाएका छन्। कोइरालालाई आएको गठबन्धनको मत यादवलाई नआएको हो।

विराटनगरमा ७५ हजार ३४१ मत गणना भइसकेको छ। मेयरमा नागेशको जित सुनिश्चित हुँदै जाँदा उपमेयरमा भने गठबन्धनकै यादवको हार सुनिश्चित देखिएको छ।

यादव एमालेकी शिल्पा कार्की भन्दा ९ हजार २७८ मतले पछि परेका छन्। यस्तोमा उपमेयर पदमा नेकपा एमालेकी कार्की विजय नजिक पुगेकी छन्।

कार्कीले २१ हजार ३८२ मत पाएकी छन्। उनले आफ्नै पार्टीबाट मेयरका उम्मेदवारले भन्दा ३ हजार बढी मत ल्याएकी हुन्।

पार्टीको भागमा परेको उपमेयरमा आफ्नै छोरालाई उठाएको भन्दै जसपाभित्रै पनि विरोध भएको थियो। त्यसको असर मतपरिणाममा समेत देखिएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *