मोरङमा प्रहरीद्वारा अश्रुग्यास प्रहार, मतगणनास्थल तनावग्रस्त

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ ६, २०७९      0

जेठ ६– मोरङको रंगेली नगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ। खसेकोभन्दा बढी मत भेटिएपछि विवाद भएको हो ।

अवस्था असामान्य भएपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरीले बताएको छ ।

मत बढी भेटिएपछि नेपाली कांग्रेसका कार्यकर्ता आक्रमक ढंगले प्रस्तुत भएका थिए। त्यहाँको प्रमुख पदमा एमाले उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई १७ सय बढी मतले पछि पारेका छन् ।

एमालेका दिलीप कुमार अग्रवाल ४ हजार ६ सय ९० मत पाउँदा कांग्रेसका मोदराज घिमीरेले २ हजार ९ सय ६० मतमात्रै पाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *