हामी शान्ति चाहान्छौँ, ओली र तिनका मण्डलेहरु युद्ध चाहान्छन् – योगेश भट्टराई

 ग्लोबल टिभि      शनिबार, माघ २४, २०७७      0

बिकास रौनियार,धादिङ । देश स्थायी शान्तिको लागि अघि बढिरहेको बेला बर्तमान प्रधानमन्त्रीले फेरी गृहयुद्ध तर्फ देशलाइ धकलेको नेकपा स्थायी समिति सदस्य योगेश भट्टराइले बताएका छन ।

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड माधव समुहको आयोजनामा धादिङवेशीमा भएको विरोध सभालाइ सम्वोधन गर्ने क्रममा भट्टराइले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलाीले युद्ध चाहेको र त्यही इच्छा पुरा गर्नको लागि संविधान मिचेर संसद विघटन गरेको आरोप लगाए ।


भट्टराइले भने, ‘हामी शान्ति चाहान्छौँ, ओली र तिनका मण्डलेहरु युद्ध चाहान्छन्, त्यत्रो जनयुद्धलाइ समेत शान्तिपुर्ण तरिकाले समापन गरेर अग्रगामी दिशातर्फ हिडाँइरहेको देशलाइ फेरी गृहयुद्धमा धकेल्न प्रधानमन्त्री उद्धत हुनुभयो ।’प्रधामन्त्रीले संसद विघटन गर्नु असंवैधानिक कदम भएको बताउदै बर्तमान संविधानका कुनैपनि धारा उपधारा र दफाले प्रधानमन्त्रीलाइ संसद विघटनको अधिकार नदिएको भट्टराइले दावी गरे । ‘यो कसैको हुकुमी बक्सिसबाट बनाएको संविधान होइन, जनताको रगत र पसिनासंग साटेर बनाएको संविधान हो, कोही कसैलाइ सनक चढेकै भरमा संविधान च्यात्न पाइदैन ।’


जनताको सर्बोच्च थलो प्रतिनिधि सभामाथी यत्रो आक्रमण हुँदा पनि नेपाली कांग्रेसले देखाएको दुइधारे चरित्रप्रति समेत भटराइले कटाक्ष गरे । नेकपा फुटेको बेला चुनाव भएदेखि जितौँला भन्ने कांग्रेसलाइ लागेकाले भए त्यो सपना नदेख्न र बर्तमान अवस्थामा ओली नै चुनाव नगराउने पक्षमा रहेकाले ओलीको लालीपपमा नफस्न भट्टराइले कांग्रेसलाइ सचेत गराए ।आफ्नो समुहसंग धेरै केन्द्रिय सदस्य र पदाधिकारी रहेको भन्दै ओलीले नयाँ पाटी बनाउन छुट्टै समुह लिएर हिडेको र आफुहरुले बर्तमान नेपाल कम्युनिष्ट पाटीको आधिकारिक समुह रहेको दावी समेत भट्टराइले गर्न भ्याए ।


विरोध सभाअघि नेता भट्टराइको नेतृत्वमा धादिङवेशी पुछारबजारबाट गाउँ गाउँबाट आएका नेता कार्यकर्ताहरुको सहभागीमा विरोध र्यालीको आयोजना गरिएको थियो । धादिङवेशी बजारका विभिन्न भाग परिक्रमा गर्दै निस्किएको विरोध र्याली वीचबजारमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *