नागेश कोइरालाको विराटनगरमा सहज जीत

सबैलाई मिलाएर सबैको चाहना बमोजिम आफू अगाडि बढ्ने नागेशको प्रतिबद्दता

 ग्लोबल टिभि      शनिबार, जेष्ठ ७, २०७९      0

जेठ ७-विराटनगरमा सहज जीत निकालेका काँग्रेसका नागेश कोइरालाले सबैलाई मिलाएर सबैको चाहना बमोजिम आफू अगाडि बढ्ने बताएका छन् । विराटनगर प्रमुखमा जितेका उनका लागि नगर कार्यपालिकामा बहुमत सदस्य एमालेबाट आउने भए पनि काम गर्न असहज त हुँदैन भन्ने प्रश्न पनि उठेको छ ।

‘सबै जितेका जति विराटनगरको विकास गर्ने भनेरै आउनु भएको छ । उहाँहरूको इच्छा अनुसार नै म पनि काम गर्ने हो । मलाई ठूलो पदमा पठाए, कसैलाई सानो पदमा पठाएका छन्, तर हामी सबै बराबर हौँ,’ अल्पमतमा पर्नुभयो कसरी मिलाउनु हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामीबीचमा कुनै खालको समस्या हुँदैन । एउटै परिवारको रूपमा हामी काम गर्छौँ ।’

उनले विराटनगरको विकास कसरी गर्न सकिन्छ, बाढी कसरी रोक्ने, डुबानको समस्या कसरी पार लगाउने, विकास निर्माणको काम कसरी अगाडि लाने भन्ने विषयमा सबै जना सँगै बसेर काम गर्ने पनि बताए । भ्रष्टाचार र सुशासनको विषयमा केन्द्र सरकार र अन्य निकायसँगको समन्वयमा सुधार गर्ने पनि उनले बताए । ‘भ्रष्टाचार र सुशासनको विषयमा शून्य सहनशीलतामा जाने हो । समय अनुकूल परिस्थिति मिलाएर भ्रष्टाचार शून्यमा झार्ने र सेवा प्रवाहमा जवाफदेही हुने गरी अगाडि बढ्छौँ,’ उनले भने ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *