नेकपा केन्द्रीय कमिटि बैठक मंसिर १५ मा बस्ने

 ग्लोबल टिभि      बुधबार, कार्तिक १२, २०७७      0

काठमाण्डौं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि सरेको छ ।

नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालल र इश्वरी रिजालले बुधवार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रीय कमिटी बैठक सरेको जानकारी दिएका हुन् ।
यस अघि कात्तिक १५ गतेका लागि बैठक तय भएको थियो ।
कोरोनाको कहर एवं पार्टी भित्र देखिएको विवाद लगायतका बिषयका कारण बैठक एक महिना पछि सरेको बताइन्छ ।
मन्त्रिमण्डलमा सदस्य थप, कोरोनाको निशुल्क उपचारबाट सरकार पछि हटेको, भारतीय गुप्तचर प्रमुखलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा भेटेको लगायतका बिषयमा सरकार आलोचनाको केन्द्रमा छ । पार्टीका कतिपय नेताहरुले नै सरकारको तीव्र आलोचना गरिरहेका छन् ।

No photo description available.

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *